गृहपृष्ठ Featured रुपन्देहीको मायादेवि गाउपालिकाले पालिका प्रहरी राख्दै

रुपन्देहीको मायादेवि गाउपालिकाले पालिका प्रहरी राख्दै

प्रकाशित मिति:

वैखरी अनलाइन, रुपन्देही ।
रुपन्देही जिल्लाको मायादेवि गाउपालिकाले पालिका प्रहरी राख्ने भएको छ । आइतबार सुरु भएको गाउपालिकाको १७ औँ अधिवेशनले पालिका प्रहरी राख्ने निर्णय गरेको हो ।

पालिकाको सभाहलमा सुरु भएको १७ औँ अधिवेशनले एक जना सहायक प्रहरी निनिक्षकसहित ७ जना पालिका प्रहरी राख्ने निर्णय भएको पालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष शैलेन्द्र कुमार पाण्डेयले वैखरी अनलाइनलाई जानकारी दिए । जसमा ३ जना महिला र ३ जना पुरुष जवानलाई पालिका प्रहरीको रुपमा भर्ना गरिने उनले जानकारी दिए ।

 

सो अवसरमा पालिकाका अध्यक्ष धु्रव नारायण चौधरीले चालु आर्थिक बर्षको हालसम्मको प्रगति विवरण पेश गरेका थिए । अध्यक्ष चौधरीले पालिकाका योजना समयमै सक्ने गरी काममा लाग्न कर्मचरी र जनप्रतिनिधिलाई आग्रह समेत गरेका थिए ।

साथै गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले पालिकाका योजनालाई पारदर्शी र गुणस्तरीय रुपमा सम्पन्न गर्नु पर्नेमा जोड दिदैँ भावी योजना तथा रणनितिबारे आफनो भनाइ राखेका थिए । अधिवेशनमा पालिका जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार