वैखरी अनलाइन, तौलीहवा ।
घरमा कोही नभएको बेला कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सिद्धार्थ टोलमा बुधबार फेरी एक घरमा लाखौको चोरी भएको छ ।
घरमा कोही नभएको मौका छोपी घर धनी गंगा बिस्ट र भाडामा बस्ने अर्जुन तिवारीको नगद र गरगहना गरी लाखौको चोरी भएको हो ।
चोरहरुले ढोका फोरेर सर सामान चोरर लगेका हुन । गंगा बिस्ट र उनकी श्रीमति अस्ट्रेलियामा र अर्जुन तिवारी आफन्तकोमा गएका थिए ।
पीडीत अर्जुंन तिवारीले आफनो र घर धनीको गरी चोरहरुले लाखौका धनमाल चोरेर बताए ।
यस अघि गत शनिवार समेत चोरहरुले यही टोलको ५ घरमा लाखौको धनमाल चारेर लगको थिए । चोरहरुले निर्धक्कका साथ चोरेकोे पनि प्रहरी प्रशासनले भने अहिले सम्म कसैलाई पक्राउ गर्न सकेको छैन ।
यो टोलमा पटक पटक चोरहरुले चोरी गरे पनि प्रहरीले केही गर्न नसक्दा चोरहरुको मनोबल बढदै गएको स्थानीयको भनाई ।
यता कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ६ र ७ बाट पनि केहीदिन अगाडी घरमा राखेको स्कुटर र मोटरसाइकल पनि चोरी भएको थियो ।








