गृहपृष्ठ खबर बाणगंगामा छैठौं मेयर कप फुटवल प्रतियोगिता सुरु : वडा नं.१० को विजयी सुरुवात

बाणगंगामा छैठौं मेयर कप फुटवल प्रतियोगिता सुरु : वडा नं.१० को विजयी सुरुवात

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा छैठौं मेयर कप फुटवल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता आईतबार चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ्ग च्याम्पियन वडा नम्बर ४ लाई हराउँदै वडा नम्बर १० ले विजयी सुरुवात गरेको छ । वडा नं.१० १–० गोलले विजयी भएको नगर खेलकुद विकास समितिका अध्यक्ष पदम सेनले जानकारी दिए ।

वडा नं.१० संग पराजित भएसंगै वडा नं.४ प्रतियोगिताबाट बाहिरिएको छ । वडा नं.१० को जितमा सुनिल रानाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । निर्णायक गोल गरेका सुनिल नै ‘म्यान अफ दि म्याच’ घोषित भए ।

अध्यक्ष सेनले सोमबार २ खेल हुने जानकारी दिए । उनका अनुसार पहिलो खेल वडा नं.१ र ११ बीच दिउँसो १२ बजे हुने छ भने दोस्रो खेल दिउँसो ३ बजे वडा नं.२ र वडा नं.५ बीच हुने छ । आईतबारदेखि सुरु भएको मेयरक कप फागुन ३ गतेसम्म चल्ने छ ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले यस प्रतियोगितामार्फत खेलाडीहरुले आआफ्नो प्रतिभा प्रस्फुटनसंगै आफुलाई स्थापित गर्ने अवसर पाउने बताए ।

उनले खेलाडीहरुको खेल सिपमा निखार्ता ल्याउन यस प्रतियोगिता महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । प्रतियोगिता अवधिभर अनुशासनपूर्वक आफ्नो खेल प्रदर्शन गर्न आग्रह गर्दै उनले खेलाडीको प्रतिभालाई नगरले उच्च मूल्याङ्कन गर्ने बताए ।

सम्बन्धित् समाचार