कपिलवस्तु ।
कपिलवस्तुको मायादेवी गाउँपालिकामा भएको पाँचौ राष्ट्रपति रनिङशिल्ड तथा अध्यक्ष कप प्रतियोगीताको उपाधि छत्रपाली तिर्थादेवी माविले जितेको छ । छत्रपाली तिर्थादेवीले लगातार पाचौ पटक जितेको हो ।
११ स्वर्ण, ९ रजत र १ कास्य सहीत कुल २१ पदक जितको उसले पालिकामा सुरु देखि अहिलेसम्म सबै कप आफ्नो पाल्टामा पारेको हो । जनता माबि बलुहवाले ६ स्वर्ण, ८ रजत र ४ कास्य सहीत दोश्रो र ५ स्वर्ण, एक रजत र १ कास्य सहीत मुनेश्वर माबि तेश्रो भएको छ ।

बिजयी टिम र खेलाडीहरुलाई पुर्व मन्त्री तथा भारतकालागि पुर्व नेपाली राजदुत दिप कुमार उपाध्याय, लुम्बिनी प्रदेश सदस्य मदुसुदनशरण चौधरी, पुर्व प्रदेश मन्त्री सहसराम यादव, गाउपालिका प्रमुख वलीउद्धद्दीन मुसलमानले कप, मेडल र प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
सो अवसरमा पुर्व राजदुत उपाध्यायले खेलाडीहरु अनुशासनमा रहेर खेल्नु पर्नेमा जोड दिए । उनले पालिकास्तरमा समेत यस्तो उत्साह देख्दा आफुलाई निकै खुशी लागेको भन्दै उनले खेल र खेलाडीको विकासकालागि ३ वटै तहका सरकारले लगानी बढाउदै जानु पर्ने बताए । सो अवसरमा प्रदेश सदस्य चौधरीले सरसामान बितरण भन्दा पालिकाहरुले शिक्षा र खेलकुदमा लगानी बढाउनु पर्ने बताए ।
उनले पालिकामा रंगशाला निर्माणमा पलह गर्ने प्रतिबद्धता ब्यक्त गरे र पुर्व प्रदेश मन्त्री यादवले अुधरो रहेको खेलमैदान चाडै बनाउनु पर्ने बताए । उनले आफुले समेत पालिकाको खेल क्षेत्रको विकासकालागि पहल गर्ने बताए । कार्यक्रममा पालिका प्रमुख मुसलमानले न्युन आन्तरिक आय र बजेटका बावजुत खेल क्षेत्रकालागि आवश्यक बजेट बिनियोजन गरेको बताए ।
उनले आफनो पालिकाले शिक्षा, स्वास्थ्य र खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । सो अवसरमा उत्कृष्ट खेल शिक्षक अनुशासित बिद्यालय, सहयोग गर्ने ब्यक्ति लगायतलाई समेत सम्मान पत्र प्रदान गरिएको कार्यक्रम संयोजक हिन्दराज चौधरीले बताए ।
कार्यक्रममा पालिका वडा नम्बर ३ का अध्यक्ष शैलेन्द्र कुमार यादव लगायतले मन्तब्य दिएका थिए । प्रतियोगीतामा पालिका भित्र रहेको २१ बिद्यालयका छात्र छात्रा सहभागी रहेको पालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख माधव घिमिरेले बताए ।








