गृहपृष्ठ खबर वडा नं.९ र १० बाणगंगामा जारी छैठौं मेयर कप फुटवलको सेमिफाईनलमा प्रवेश

वडा नं.९ र १० बाणगंगामा जारी छैठौं मेयर कप फुटवलको सेमिफाईनलमा प्रवेश

सागर वि.क., वैखरी अनलाईन ।

बाणगंगा नगरपालिकामा जारी छैठौं मेयर कप फुटवल प्रतियोगितामा वडा नं.९ र १० सेमिफाईनलमा प्रवेश गरेका छन् ।

मंगलबार चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा हुने पहिलो खेलमा वडा नं.७ अनुपस्थित भएपछि वडा नं.१० सजिलै सेमिफाईनलमा प्रवेश गरेको हो ।

अब वडा नं. १० सेमिफाईनलमा वडा नं.२ र ८ बीच हुने खेलको विजेतासंग भिड्ने छ । वडा नं.२ र ८ बीच बुधबार दिउँसो १२ बजे खेल हुदैंछ ।

यस्तै मंगलबार भएको दोस्रो खेलमा वडा नं.३ लाई ३–० गोलले पराजित गर्दै वडा नं.९ सेमिफाईनलमा पुगेको नगर खेलकुद विकास समितिका अध्यक्ष पदम सेनले जानकारी दिए ।

वडा नं.९ को जितमा बिमल खड्काले २ गोल गरेका हुन् भने निरज विकले एक गोल गरे । २ गोल गरेका बिमल नै ‘म्यान अफ दि म्याच’ घोषित भए । अब वडा नं.९ वडा नं.१ र ६ बीच हुने खेलको विजेतासंग भिड्ने छ ।

बुधबार वडा नं.१ र ६ बीच दिउँसो ३ बजे खेल हुदैं छ ।

आईतबारदेखि सुरु भएको छैठौं मेयर कप फुटवल प्रतियोगितामा हालसम्म वडा नं.३, ४, ५, ७, ११ बाहिरिएका छन् ।

सम्बन्धित् समाचार