कपिलवस्तु (चौथो शिवगढी कप शुरु भएको छ ।
शनिबार शिवगढी स्पोर्टिङको खेल मैदानमा क्लबले औपचारिक कार्यक्रम गर्दै प्रतियोगिताको शुरु गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेसका जिल्ला उपसभापति हुमाकान्त खनालले रेफ्रीलाई बल हस्तान्तरण गरे पछि शिवगढी कप २०८१ शुरु भएको हो ।
उट्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खनालले शिवगढी फुटबल खेलाडीको उर्वरभुमि भए पनि खेलाडीहरुको आवस्यक संरक्षण हुन नसक्दा यहाको खेलले अपेक्षित नतिजा हात पार्न नसकेको बताउनु भयो ।
खेलले स्वस्थ जनशक्ति उत्पादन संगै एक आपसमा प्रेम र सद्भाव कायम गर्ने भएकोले यस्ता आयोजनाहरुको सरक्षणमा सम्बन्धित सबै लाग्नुपर्ने बताउनु भयो ।
क्लबले स्वस्थ जनशक्ति र स्थानीय किल्ला ,धार्मिक स्थल शिवगढीलाई पर्यटकिय स्थल बनाउन जोड समेत गरेको छ ।
प्रतियोगितामा पुरुष १६ र महिला ८ टिमले खेल्ने आयोजकले जानकारी दिएको छ ।








