गृहपृष्ठ Featured बराबरीमा रोकियो बोरुसिया डर्टमन्ड

बराबरीमा रोकियो बोरुसिया डर्टमन्ड

च्याम्पियन्स लिगमा बोरुसिया डर्टमन्ड लिलसँग बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बोरुसिया डर्टमन्ड लिलसँग १-१ गोलको बराबरीमा रोकिएको हो । खेलमा सुरुवाती अग्रता भने बोरुसिया डर्टमन्डले लिएको थियो ।

खेलको २२औँ मिनेटमा करिम अडेयमीले गोल गर्दै डर्टमन्डलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६८औँ मिनेटमा लिलका लागि हाकोन अर्नार हेराल्डसनले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।

बाँकी समयमा गोल हुन नसकेपछि खेल १-१ गोलको बराबरीमा सकिएको थियो । अब दोस्रो लेगको खेल १२ मार्चमा लिलको घरेलु मैदानमा हुनेछ ।

सम्बन्धित् समाचार