गृहपृष्ठ खबर थ्रीस्टारलाई स्तब्ध पार्दै मच्छिन्द्र बन्यो तिलौराकोट गोल्डकपको च्याम्पियन

थ्रीस्टारलाई स्तब्ध पार्दै मच्छिन्द्र बन्यो तिलौराकोट गोल्डकपको च्याम्पियन

सागर वि.क., वैखरी अनलाईन ।

मच्छिन्द्र एफसी दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । बुधबार आज भएको फाईनल खेलमा थ्रीस्टार एफसीलाई १−० ले पराजित गर्दै मच्छिन्द्र च्याम्पियन बनेको हो ।

मच्छिन्द्रलाई च्याम्पियन बनाउन देवेन्द्र तामाङले निर्णायक गोल गरे । देवेन्द्रले १२औं मिनेटमा गोल गरेका हुन् । एक गोल गर्दै मच्छिन्द्रलाई च्याम्पियन बनाएका देवेन्द्र नै फाईनल खेलको नै ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

च्याम्पियन बनेसंगै मच्छिन्द्रले नगद ११ लाख ११ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको थ्रीस्टारले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

दोस्रो सेमिफाइनल खेलमा जोङ्ग्री एफसी सिक्किमविरुद्ध १−० गोलको रोमाञ्चक जित निकाल्दै मच्छिन्द्र फाइनलमा पुगेको थियो, भने थ्रीस्टार सेमिफाईनल खेलमा संकटा एफसीविरुद्ध १−० को जित निकाल्दै थ्रीस्टार फाइनलमा पुगेको हो ।

जिल्ला फुटबल संघ कपिलवस्तुको आयोजनामा यस प्रतियोगिताको बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा फागुन १४ गतेदेखि सुरु भएको थियो ।

सम्बन्धित् समाचार