बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश सम्पर्क कमिटीद्वारा शनिबार आयोजित अन्तर जिल्ला सम्पर्क मञ्च स्तरीय फुटबल प्रतियोगितामा कपिलवस्तु–काठमाडौं सम्पर्क मञ्चले उपाधि हात पारेको छ। फाइनल खेलमा पाल्पा सम्पर्क मञ्चलाई ५–४ गोलले पराजित गर्दै कपिलवस्तु–काठमाडौं सम्पर्क मञ्चले जित हात पारेको हो ।
प्रतियोगितामा रोल्पा सम्पर्क मञ्चले तेस्रो स्थान हासिल गर्न सफल भयो। विजेता टोली तथा खेलाडीहरूलाई संघीय संसद तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य ठाकुर प्रसाद गैरेले नगद पुरस्कार वितरण गरे।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैरेले खेलकुदको माध्यमबाट संगठनलाई अझ बलियो बनाउन जोड दिए। उनले खेलकुदले समाजमा एकता र भाइचारा बढाउनुका साथै युवाहरूलाई सकारात्मक दिशामा अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।