गृहपृष्ठ Featured सैनामैना गोल्डकप : आज कपिलवस्तु उपाधिका लागि अभिषेक चर्चसंग भिड्दै

सैनामैना गोल्डकप : आज कपिलवस्तु उपाधिका लागि अभिषेक चर्चसंग भिड्दै

प्रकाशित मिति:

रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकपको फाइनल खेल आज दिउँसो हुँदैछ ।

सैनामैना रंगशाला मुर्गियामा हुने फाइनलमा कपिलवस्तु ११ र अभिषेक चर्च रजहरबीच उपाधिका लागि प्रतिस्पर्धा हुने छ । कपिलवस्तु ११ ले ५ जना र अभिषेक चर्चले ४ जना विदेशी खेलाडीलाई मैदानमा उतार्दैछन् ।

मुर्गिया फुटबल क्लबको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

सुनगाभा पब्लिक स्कुल, सैनामैना मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि ४०–४० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष प्रविन भारीले बताए ।

सम्बन्धित् समाचार