रुपन्देही ।
यो क्षेत्रमा सर्वाधिक राशिको फुटबल प्रतियोगिता रहेको तिलोत्तमा गोल्डकप यही शनिवारदेखि सुरु हुँदैछ । यो २३ औँ संस्करण हो ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगिता सञ्चालन हुने स्थान देविनगरस्थित एन्फा एकेडेमीको फुटबल मैदानमा तयारीको काम अन्तिम चरणमा पुगेको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख १२ हजार २ सय २२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागी हुने ८ टिमको टुङ्गो लगाएर टाइसिट तयार भैसकेको छ ।
संघका अनुसार प्रतियोगितामा आयोजक रुपन्देही९११, चर्च व्याइज युनाइटेड, एपीएफ, संकटा एफसी, मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, जर्जियन एफसी, भारत र एडोर्न गडवाल स्पोर्टिङ क्लब, भारतको सहभागिता रहने छ । सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरी खेलाइने छ ।
जसमा समूह ए मा आयोजक रुपन्देही ११, एपीएफ, संकटा एफसी, जर्जियन एफसी, भारत रहेको छ भने समूह बीमा चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, र एडोर्न गडवाल स्पोर्टिङ क्लब, भारतको टिम रहेको छ ।