गृहपृष्ठ Featured बुवाकाे स्मृतिमा विद्यालयलाई १ लाखकाे २५ थान डेस्क बेन्च प्रदान

बुवाकाे स्मृतिमा विद्यालयलाई १ लाखकाे २५ थान डेस्क बेन्च प्रदान

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २१ चैत्र ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६ प्रेमनगर बस्ने थम्मन बहादुर थापा मगरले स्वर्गीय बुवा बल बहादुर थापा मगरकाे स्मृतिमा विद्यालय २५ थान डेस्क बेन्च प्रदान गरेका छन् । थम्मन बहादुर थापा मगरले बुवाकाे स्मृतिमा प्रेमनगरमा अवस्थित हरिबाेध माध्यमिक विद्यालयलाई १ लाख रुपैयाँ बराबरको डेस्क बेन्च उपलब्ध गराई सहयोग गरेको प्रधानाध्यापक बालजी कलवारले जानकारी दिए । यस्तै हरिकला सापकोटाले पनि १० हजार रुपैयाँ विद्यालयलाई प्रदान गर्ने घाेषणा गरेकि छन् ।

विद्यालयले बुधबार वार्षिक परीक्षाकाे नतिजा प्रकाशनकाे कार्यक्रममा थम्मन थापाले विद्यालयकाे शैक्षिक गुणस्तर अभिवृद्धिकाे साथै बालबालिकाकाे पठनपाठनमा टेवा पुग्ने उद्देश्यले उक्त डेस्क बेन्च उपलब्ध गराइएको हाे । विद्यालयले थम्मन बहादुर थापालाई विद्यालयले सम्मान-पत्रले सम्मानसमेत गरेकाे छ । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाद्वारा उनलाई कदरसहित सम्मान-पत्र प्रदान गरिएको छ ।

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले बालबालिका भविष्यकाे कर्णधार भएको बताउँदै शिक्षामा लगानी गर्न आवश्यक भएको बताएका छन् । देेशकाे सम्पत्ति बालबालिका भएकोले उनीहरू शिक्षित भए मात्र समाज परिवर्तनकाे साथै विकास हुने उनलेे बताए । शैक्षिक गुणस्तरीयताका लागि अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकले आ-आफ्नो ठाउँबाट आफ्नो जिम्मेवारी निर्वाह गरे शैक्षिक गुणस्तरीयतामा विकास हुँदै जाने अध्यक्ष थापाले जिकिर गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अग्नि प्रसाद सापकोटाले शिक्षालाई मध्यनजर गर्दै विद्यालयलाई डेस्क बेन्च उपलब्ध गराई सराहनीय कार्य गरेकाे भन्दै सहयोगी दाता थम्मन थापालाई धन्यवाद व्यक्त गरे । शैक्षिक सुधार र गुणस्तरीयतामा जाेड दिएकाे बताउँदै अभिभावकले पनि शिक्षाप्रति चाँसाे देखाउन उनलेे आग्रहसमेेत गरे ।

विद्यालयले वार्षिक परीक्षाकाे नतिजामा विभिन्न स्थान हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कारसमेत वितरण गरेकाे जनाइएको छ ।

सम्बन्धित् समाचार