हङकङमा जारी चारदेशीय टी–२० सिरिजको उद्घाटन खेलमा कतारले जितका लागि नेपाललाई १५२ रनको लक्ष्य दिएको छ।
हङकङको मिसन ग्राउन्ड रोड मङ कोकमा जारी खेलमा नेपालले टस जितेर बलिङ रोजेको थियो। निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै कतारले १५१ रन जोडेको हो।
बुधबारदेखि सुरु भएको खेलमा नेपालसहित हङकङ, कतार र कुवेत छन्। नेपालले सिरिजको दोस्रो खेल चैत २८ गते कुवेतसँग र चैत ३० गते हङकङसँग खेल्नेछ। चैत ३१ गते तेस्रो स्थान र फाइनल खेल हुनेछ।