गृहपृष्ठ Featured चारदेशीय टी- २० शृङ्खलाको उपाधिका लागि नेपाललाई कुवेतको चुनौती

चारदेशीय टी- २० शृङ्खलाको उपाधिका लागि नेपाललाई कुवेतको चुनौती

प्रकाशित मिति:

हङकङमा जारी चारदेशीय टी- २० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज फाइनल खेल हुँदै छ । आज हुने फाइनलमा नेपालले उपाधिका लागि कुवेतको सामना गर्दै छ ।

हङकङ, नेपाल, कतार र कुवेत सम्मिलित  हङकङमा जारी प्रतियोगितामा नेपाल हालसम्म अपराजित छ । नेपालले कुवेत र कतारलाई पराजित गरेको छ । हङकङसँगको खेल भने वर्षाका कारण प्रभावित भएको थियो ।

जसका कारण उच्च मनोवलमा देखिएको नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । उता कुवेत भने यसअघि व्यहोरेको हारको बदला लिँदै उपाधि चुम्ने लक्ष्यमा हुनेछ ।

उता कुवेत भने लिग चरणमा हङकङ र कतारलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

सम्बन्धित् समाचार