गृहपृष्ठ Featured उपाधि यात्रामा लिभरपुल

उपाधि यात्रामा लिभरपुल

प्रकाशित मिति:

लिभरपुलले इङ्लिस प्रिमियर लिगको उपाधि यात्रालाई कायमै राखेको छ । गए राति भएको खेलमा वेस्ट हामविरुद्ध २-१ को जित निकाल्दै लिभरपुलले अंकतालिकामा दोस्रो स्थानको आर्सनलसँग फराकिलो अग्रता कायम गरेको हो ।

यो जितसँगै लिभरपुलले ३२ खेलबाट ७६ अंक जोडेको छ । जबकी दोस्रो स्थानको आर्सनलले समान खेलबाट ६३ अंक जोडेको छ । तेस्रो स्थानको नोटिङ्घम फरेस्टको ५७ अंक छ ।

अर्को खेलमा न्युकासलले म्यानचेस्टर युनाइटेडलाई ४-१ गोलको फराकिलो अन्तरले पराजित गर्दा इप्सविच टाउनले चेल्सीलाई २-२ गोलको बराबरीमा रोकेको छ । अर्को खेलमा उल्भ्सले टोटनहामविरुद्ध ४-२ को जित निकाल्यो ।

सम्बन्धित् समाचार