इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा दिल्ली क्यापिटल्सको विजयीयात्रामा रोक लगाउँदै मुम्बईले दोस्रो जित निकालेको छ ।
गए राति भएको खेलमा मुम्बई १२ रनले विजयी भयो । सुरुवाति ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको दिल्ली १९३ रनमा समेटिएसँगै मुम्बई विजयी भएको हो ।
जारी सिजनमा दिल्लीको यो पहिलो पराजय हो । दिल्लीले हालसम्म पाँच खेल खेलेकोमा लखनउ सुपर जायन्ट्स, सनराइजर्स हैदरावाद, चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको थियो ।
जारी सिजनमा ६ खेल खेलेको मुम्बईको भने यो दोस्रो जित हो । मुम्बईले यसअघि कोलकाता नाइट राइडर्सलाई पराजित गरेको थियो भने चेन्नई, गुजरात टाइटन्स, लखनउ र बैंगलुरुसँग पराजय ब्यहोरेको थियो ।