गृहपृष्ठ Featured भालाडोलिडविरुद्ध एट्लेटिको मड्रिडको जित

भालाडोलिडविरुद्ध एट्लेटिको मड्रिडको जित

प्रकाशित मिति:

स्पेनिस ला लिगमा एट्लेटिको मड्रिडले भालाडोलिडलाई पराजित गरेको छ । गए राति भएको खेलमा एट्लेटिकोले भालाडोलिडविरुद्ध ४-२ को जित निकालेको हो ।

खेलमा दुवैतर्फबाट भएका ६ गोलमध्ये ३ गोल त पेनाल्टीमार्फत नै भएका थिए । एट्लेटिकोका लागि जुलियन अल्बारेजले २५औँ र ७१औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दा भालाडोलिडका ममदोउ सिलाले २१औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका थिए ।

त्यस्तै एट्लेटिकोका लागि जिउलियानो सिमेनोइले २७औँ र एलेक्जेन्डर सरलोथले ७९औँ मिनेटमा गोल गरेका थिए । उता भालाडोलिडका लागि जाभी सान्चेजले ५६औँ मिनेटमा गोल गरे ।

अंकतालिकामा भने बार्सिलोना शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रियल मड्रिड छ भने तेस्रो स्थानमा एट्लेटिको मड्रिड, चौथो स्थानमा एथ्लेटिक क्लब र पाँचौँ स्थानमा भिल्लारियल रहेको छ ।

सम्बन्धित् समाचार