आईपीएल २०२५ को ३१ औं खेलमा आज पञ्जाब किंग्स (पीबीकेएस) र कोलकाता नाइट राइडर्स (केकेआर) बीच रोमाञ्चक खेल हुने भएको छ।
पञ्जाबको महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा साँझ ७:४५ बजे प्रतिस्पर्धा हुँदैछ। यो सिजनमा यी दुई टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन्।
डिफेन्डिङ च्याम्पियन कोलकाताले ६ खेलमा ३ जित र ३ हारसहित यो सातौं खेल खेल्दैछ। उता, पञ्जाबले ५ खेलमा ३ जित र २ हारसहित छैटौं खेलमा उत्रिनेछ। हेड टु हेडमा कोलकाताको दबदबा छ, जहाँ ३३ खेलमा केकेआरले २१ र पीबीकेएसले १२ खेल जितेका छन्।
तर, पछिल्ला ५ खेलमा पञ्जाबले ३ जितसहित केही अग्रता बनाएको छ। आजको खेलमा दुवै टोली जितका लागि कडा मेहनत गर्नेछन्।