गृहपृष्ठ Featured बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश

बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश

स्पेनिस क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश गरेको छ । बोरुसिया डर्टमण्डसँग क्वाटरफाइनलका दुई खेल खेलेपछि बार्सिलोना सेमीफाइलनमा पुगेको हो ।

गए राति बार्सिलोना र डर्टमण्डबीच क्वाटरफाइनलको दोस्रो लेग भएको थियो । दोस्रो लेगमा बार्सिलोना डर्टमण्डसँग ३-१ ले पराजित भयो । तर, पहिलो लेगमा डर्टमण्डविरुद्ध बार्सिलोनाले ४-० को सानदार जित निकालेको थियो । जसका कारण समग्रमा ५-३ को जित निकाल्दै बार्सिलोना सेमीफाइनलमा पुगेको हो ।

गए राति भएको खेलमा डर्टमण्डका लागि सेरहउ गुइरासीले ११औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै बार्सिलोनाविरुद्ध अग्रता दिलाए । त्यस्तै उनैले ४९औँ र ७६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

बार्सिलोनाले भने ५४औँ मिनेटमा आत्मघाती गोल उपहारमा पाएको थियो । डर्टमण्डका रामी बेन्सबइनीले आत्मघाती गोल गरेसँगै खेल ३-२ को स्थितिमा टुंगियो । जसका कारण बार्सिलोनाले समग्रमा ५-३ को जित निकाल्यो ।

सम्बन्धित् समाचार