स्पेनिस ला लिगामा रियल मड्रिडले गेटाफेलाई पराजित गरेको छ । गए राति भएको खेलमा रियल मड्रिड १-० ले विजयी भएको हो । खेलको २१औँ मिनेटमा रियल मड्रिडका अर्डा गुलेरले गरेको गोल नै निर्णायक बन्दा गेटाफे स्तब्ध भएको हो ।
यो जितसँगै ३ अंक बटुल्दै रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाएको छ । ३३ खेलबाट बार्सिलोना ७६ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको रियल मड्रिडको भने समान खेलबाट ७२ अंक छ ।
अंकतालिकाको तेस्रो स्थानमा एट्लेटिको मड्रिड छ भने चौथो स्थानमा एथ्लेटिक बिल्बाओ रहेको छ । भिल्लारियल पाँचौँ र रियल बेटिस छैटौँ स्थानमा छन् ।
लिगकै अर्को खेलमा एल्भ्सले रियल सोसिडाडलाई १-० ले पराजित गर्दा केल्टा भिगोले भिल्लारियललाई ३-० ले स्तब्ध पार्यो । उता एथ्लेटिक बिल्बाओ लास पाल्म्स विरुद्ध १-० ले विजयी भयो ।








