गृहपृष्ठ Featured घरेलु मैदानमा आरसीबीको पहिलो जित

घरेलु मैदानमा आरसीबीको पहिलो जित

रोयल च्यालेन्जर्स बैंगलोरले आफ्नो घरेलु मैदानमा सिजनको पहिलो जित निकालेको छ। आरसीबीसँग हारेको राजस्थानको भने यो लगातार छैटौं हार हो। जितसँगै उसले ९ खेलबाट १२ अङ्क बनाउँदै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिन सफल भएको छ।

बिहीबार भएको खेलमा बैंगलोरले राजस्थान रोयल्स माथि ११ रनको रोमाञ्चक जित निकाल्यो। बैंगलोरलाई महत्वपूर्ण जित दिलाउन जोस ह्याजलवुडको १९ औं ओभर निर्णायक रह्यो। उनले उक्त ओभरमा केवल १ रन मात्र दिएर २ विकेट लिंदै खेल आरसीबीको पक्षमा पारेका थिए। उनले आफ्नो ४ ओभरको स्पेलमा ३३ रन दिएर ४ विकेट हात पारे।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो। उसका लागि विराट कोहलीले ४२ बलमा ७० रनको अर्धशतकीय इनिङ खेल्दा देवदत पाडिकलले २७ बलमा ५० रन बनाए। त्य्तै फिल साल्टले २६ रन बनाउँदा टिम डेभिडले २३ रन बनाएका थिए। त्यस्तै जितेश शर्मा २० रनमा अविजित रहे।

जवाफमा राजस्थान निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रनमा समेटियो। उसका लागि यशस्वी जैसवालले ४९ रन बनाउँदा नितिश रानाले २८ रन तथा ध्रुव जुरेलले ४७ रन बनाएका थिए। प्रतियोगितामा आज चेन्नइ र हैदराबाद भिड्दै छन्।

सम्बन्धित् समाचार