स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले रायो भायोकानोलाई पराजित गरेको छ । गए राति भएको खेलेमा एट्लेटिको मड्रिड ३-० ले विजयी भयो ।
एट्लेटिकोको जितमा एलेक्जेन्डर सोरलोथले तेस्रो, कोनोर गलघेरले ४५औँ र जुलियन अल्बारेजले ७७औँ मिनेटमा गोल गरे ।
गए राति नै भएको अर्को खेलमा रियल बेटिसले भालाडोलिडलाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । रियल बेटिसले १७औँ, ६४औँ, ६६औँ, ८४औँ र ९०औँ मिनेटमा गोल गरेको थियो । भालाडोलिडले भने ४१औँ मिनेटमा गोल गर्यो ।
अंकतालिकाको शीर्ष स्थानमा भने बार्सिलोना रहेको छ । दोस्रो स्थानमा रियल मड्रड छ भने तेस्रो स्थानमा एट्लेटिको मड्रिड छ । त्यस्तै चौथो र पाँचौँ स्थानमा क्रमशः एथ्लेटिक बिलबाओ र रियल बेटिस रहेका छन् ।








