गृहपृष्ठ Featured टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्यास

टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्यास

भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्।

उनले बुधबार साँझ आफ्नाे इन्स्टाग्राम स्टोरीमार्फत टेस्ट करिअर टुंग्याएको जानकारी दिएका हुन्।

टी-२० क्रिकेटबाट सन्यास लिइसकेका रोहितले वनडे खेल भने जारी राख्ने जनाएका छन्। पछिल्लो समय इंग्ल्यान्ड भ्रमणको लागि उनलाई टेस्ट कप्तानबाट हटाइने अड्कलबाजी चलेको थियो।

रोहितले आफ्नो टेस्ट करिअरमा भारतका लागि महत्वपूर्ण योगदान दिएका थिए। कप्तानको भूमिकामा पनि उनी सफल रहे।

सम्बन्धित् समाचार