स्पेनका २२ वर्षीय टेनिस खेलाडी कार्लो अल्काराजले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन्। ५ घन्टा २९ मिनेट चलेको संघर्षपूर्ण र रोमाञ्चक फाइनलमा अल्काराजले इटालीका यानीक सिनरलाई पाँच सेटको खेलमा पराजित गरेका थिए।
अल्कारेजले खेल ४-६, ६-७, ६-४, ७-६, ७-६ ले आफ्नो पक्षमा पारे। यो सँगै अल्कारेजले आफ्नो ग्रान्डस्लामको यात्रा सनसनीपूर्ण बनाए। अल्कारेज पाँचौं पटक कुनैपनि ग्रान्ड्स्लामको फाइनलमा पुगेका थिए भने उनले ५ औं पटकनै उपाधि जित्न सफल भए।
कार्लोस आल्काराज र यानिक सिन्नरबीचको पहिलो लामो फाइनल भएको हो। हालका विश्वका दुई उत्कृष्ट खेलाडीहरूबिचको यो अविस्मरणीय खेल धेरैका लागि अनपेक्षित रह्यो। किनकी धेरैले यति लामो र सासनै रोकिने अवस्थामा पुग्ने र यस्तो उचाइ लिने विश्वास गरेका थिएनन्।
अल्काराजले दुई सेटले पछि परेर पनि पुनरागमन गर्दै तीनवटा च्याम्पियनसिप प्वाइन्ट जोगाउँदै पाँचौँ सेटको टाइब्रेकरमार्फत फ्रेन्च ओपनको उपाधि रक्षा गरे। ओपन युग १९६८ देखि सुरु भएयता, च्याम्पियनसिप प्वाइन्ट बचाएर उपाधि जित्ने आल्काराज मात्र तेस्रो पुरुष खेलाडी बनेका छन्।
२२ वर्षीय आल्काराजको यो पाँचौँ ग्रान्ड स्लाम उपाधि हो। पछिल्ला छ वटा प्रमुख उपाधिहरू उनी र इटालीका २३ वर्षीय विश्व नम्बर एक सिन्नरले आपसमा बाँडेका छन्।
इतिहासमै सबैभन्दा लामो समयसम्म चलेको फ्रेन्च ओपन फाइनलका रूपमा चिनिएको आइतवारको यो रोमान्चक खेल, सन् २००० पछि जन्मेका दुई पुरुष खेलाडीबीचको पहिलो ग्रान्ड स्लाम फाइनल पनि बन्यो।








