गृहपृष्ठ Featured बुद्धभुमीले बिद्यालयहरुलाई दियो ई–हाजिरी प्रणाली र स्मार्ट टिभि

बुद्धभुमीले बिद्यालयहरुलाई दियो ई–हाजिरी प्रणाली र स्मार्ट टिभि

वैखरी अनलाइन, बुद्धभुमी ।
प्रविधिमैत्री शिक्षाको प्रवद्र्धन तथा विद्यालय प्रशासनमा पारदर्शिता कायम गर्न बुद्धभूमि नगरपालिकाले विद्यालयहरूलाई ई–हाजिरी प्रणाली र प्रारम्भिक बालविकास कक्षाका लागि स्मार्ट टिभी वितरण गरेको छ ।

नगरका ५३ वटा विद्यालयहरूलाई ई–हाजिरी प्रणाली र २३ वटा विद्यालयलाई स्मार्ट टिभी हस्तान्तरण गरिएको हो । बिद्यालयहरुलाई सो सामाग्री हस्तान्तरण गद नगर प्रमुख केशव कुमार श्रेष्ठले विद्यालयमा समयमै उपस्थिति सुनिश्चित गर्न र शिक्षक तथा कर्मचारीहरूको जिम्मेवारीमा सुधार ल्याउन ई–हाजिरी प्रणालीको सुरुवात गरिएको बताए । ‘ अबदेखि नगरपालिकाले शिक्षामा प्रविधिको प्रभावकारी प्रयोग गर्दै पारदर्शिता, जवाफदेहिता र गुणस्तरमा केन्द्रित नीति अवलम्बन गर्नेछौ ’ उनले भने ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराईले प्रविधिको उपयोगले शिक्षण सिकाइको गुणस्तरमा सुधार ल्याउने बताए । ‘ प्रारम्भिक बालविकास कक्षामा स्मार्ट टिभीको प्रयोगले बालबालिकाहरूको सिकाइ प्रक्रियालाई सहज, रोचक र प्रभावकारी बनाउनेछ ’ उनले भने । बुद्धभूमि नगरपालिकाले आगामी दिनहरूमा पनि प्रविधिको माध्यमबाट शैक्षिक सुधार तथा सुशासनमा आधारित कार्यक्रमहरू निरन्तर अगाडि बढाइने जनाएको छ ।

सम्बन्धित् समाचार