कपिलवस्तु ।
कृषकहरुलाई प्रोत्साहीत गरी ब्यवसायिक खेतीलाई बढावा दिन कपिलवस्तु नगरपालिका नगरपालिका वडा नम्बर ८ ले १ सय ४३ कृषकहरुलाई ईलेक्ट्रिक स्प्रेयर ट्याङ्की उपलब्ध गराईएको छ । सहकारी, कृषि र ब्यक्तिगतरुपमा कृषि क्षेत्रलाई बढवा दिन उनीहरुलाई स्प्रेयर उपलब्ध गराइएको हो ।
वडाध्यक्ष शिव कुमार पाण्डेयले कृषकहरुलाई सो स्प्रेयर हस्तान्तरण गरेका थिए । वडाध्यक्ष पाण्डेयले आफनो वडाले कृषकहरुलाई प्राथमिकतामा राखेको बताए । उनले कृषकहरुलाई थप सहयोग जारी राख्ने बताए । सप्रेयरमा किट, रोग र झारपात नाशक बिषादी तथा भिटामिन समेत राखेर बोट बिरुवामा छर्न सकिन्छ । स्प्रेयर टु ईन वान रहेको छ ।
ब्याट्री र हात दुबैले चल्ने र गन समेत जडित छ । स्प्रेयर १६ लिटर क्षमताको छ । स्प्रेयर पाए पछि कृषकहरु खुशी बनेका छन । उनीहरुले आफुले यसको भरपुर सदुपयोग गर्ने बताए ।








