गृहपृष्ठ खबर नेपालले लाओसलाई ९ गोलले हरायो

नेपालले लाओसलाई ९ गोलले हरायो

प्रकाशित मिति:

फाइल तस्वीर

काठमाण्डौ – एएफसी एशियन कप छनोटमा नेपालले लाओसलाई फराकिलो अन्तरले हराएको छ ।

उज्वेकिस्तानको तास्केन्तमा भएको खेलमा नेपालले लाओसलाई ९-० गोलले हरायो । नेपालकी कप्तान सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै अनिता बस्नेत, सरु लिम्बु, अनिता केसी र रश्मीकुमारी घिसिङले १/१ गोल गरे । नेपालले १ गोल उपहार पायो ।

योसँगै नेपाली महिला फुटबल टोलीको १००औं अन्तर्राष्ट्रिय खेल पूरा भएको छ ।

यो जीतसँगै नेपालले समूह ‘एफ’ मा ३ अङ्क जोडेको छ । याे समूहमा नेपाल, लाओस, आयाेजक उज्वेकोस्तान, श्रीलङ्का रहेका छन् ।

नेपालले छनाेटकाे दोस्रो खेलमा असार १८ गते बुधवार श्रीलङ्का र समूह चरणको तेस्रो तथा अन्तिम खेलमा असार २१ गते शनिवार उज्वेकिस्तानसँग खेल्नेछ ।

महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई आठ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् ।

१२ वटा टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् ।

सम्बन्धित् समाचार