काठमाण्डाै – नेपालका मनिष तिम्सिना अफगानिस्तानको राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षक नियुक्त भएका छन् । तिम्सिनाले आफूले अफगानिस्तानको राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकका रूपमा काम शुरू गर्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
अफगानिस्तानले काफा नेशनल कपका लागि ताजकिस्तानमा अभ्यास शुरू गरिसकेको छ । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक भिसेन्जो एनेस छन् ।
मनिष विदेशी राष्ट्रिय टोलीलाई प्रशिक्षण दिने पहिलो नेपाली प्रशिक्षक बनेका छन् । उनी एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली पनि हुन् ।
मनिषले यसअघि भारतको गोकुलम केराला, नेपालको मनाङ मस्र्याङ्दी तथा नेपालको राष्ट्रिय फुटबल टोलीमा पनि गोलरक्षक प्रशिक्षकका रूपमा काम गरिसकेका छन् ।








