गृहपृष्ठ Featured साफ यु-१७ महिला च्याम्पियनसिप : उपाधि दाबेदार भारतसँग भिड्दै नेपाल

साफ यु-१७ महिला च्याम्पियनसिप : उपाधि दाबेदार भारतसँग भिड्दै नेपाल

काठमाडौँ ।

साफ यु-१७ महिला च्याम्पियनसिप फुटबल आजबाट भुटानको थिम्पुमा सुरु हुँदै छ। गत वर्षको साफ यु-१६ महिला च्याम्पियनसिपमा भारतविरुद्ध नमिठो हार बेहोरेको नेपाल एकवर्षपछि अर्को उमेर समूहमा बदला लिने प्रयासमा मैदान उत्रिने छ।

गत वर्ष घरेलु मैदान अर्थात एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल विरुद्ध भारतले १० गोल गर्दै नेपाली किशोरी टोलीमाथिको रवाफ देखाएको थियो। गत संस्करण नेपाल फाइनल पुग्ननै असफल रहेको थियो।

तर यो पटक नेपाल फाइनल पुग्दै आफ्नो उपाधि दाबेदार छविलाइ कायम राख्ने प्रयासमा हुने छ। थिम्पुको चाङ्लिमिथाङ रंगशालामा हुने खेल दिउँसो २:४५ मा सुरु हुने छ।

चार टोलीको सहभागिता रहेको प्रतियोगिता डबल राउन्ड रोविनका आधारमा हुने छ। नेपाली टोलीमा नयाँ खालडीको पनि बाहुल्यता रहेको छ।

यो पटक सात जना नयाँ खेलाडी थपिएका छन्। तर भारतले यो पटक धेरै नयाँ अनुहारलाइ मैदान उतार्दै छ। उसले गत संस्करणको यू-१६ टोलीमा रहेकाबाट १३ नयाँ खेलाडीलाइ मौका दिएको छ।

नेपालले च्याम्पियनसिपका लागि हेटौडामा साउन १,२ र ३ गते खुला छनोट प्रतियोगिता गरेको थियो। खुला छनोटपछि दुई चरणमा खेलाडी छनोट गरेर अन्तिम २३ सदस्यीय टोली तयार पारेको छ।

सम्बन्धित् समाचार