अशोक पौडेल, बाणगंगा ।
स्थानिय तह संस्थागत स्वमुल्याङ्कनमा कपिवस्तु जिल्लामा बाणगंगा उत्कृष्ट भएको छ । सघिंय मामिला तथा प्रशासन मन्त्रालयले जारी गरेको स्थानिय तह संस्थागत स्वमुल्याङ्कनमा (लिजा) बाणगंगा नगरपालिका पहिलो हुदैँ उत्कृष्ट भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वय गरी ९ क्षेत्रको कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ ।
जसमा बाणगंगा नगरपालिकाले ८९.७५ प्रतिशत अकं ल्याउदै कपिलवस्तु जिल्लामा उत्कृष्ट भएको हो । गाउपालिका तर्फ भने बिजयनगर गाउपालिका ८७.२५ प्रतिशत अकं ल्याउदै गाउपालिका तर्फ पहिलो र समग्र पालिका मध्य दोस्रो भएको छ ।
बाणगंगा नगरपालिकाले आफ्नो दीर्घकालीन योजना र मध्यकालीन खर्चको संरचना बमोजिम निर्धारित समयमै वार्षिक बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्यांकन र भुक्तानी गरेकाले स्वमूल्याङ्कनमा उत्कृष्ट बन्न सफल भएको नगरपालिकाले जनाएको छ।
कुल सूचकमध्ये विकासका ५ वटै क्षेत्रहरू आर्थिक, सामाजिक, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासका क्षेत्रहरूमा समन्यायिक रूपमा बजेट विनियोजन गरी नतिजामूलक कार्यान्वयन गर्ने गरेकाले बाणगंगा जिल्लामा उत्कृष्ट बनेको नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बताउँछन्।
स्थानिय तह संस्थागत स्वमुल्याङ्कनमा पछिल्लो ३ बर्षको विवरण निम्नानुसार रहेको छ ।









