गृहपृष्ठ Featured वीरगञ्जमा हैजा सङ्क्रमितको सङ्ख्या १ सय १५ पुग्यो

वीरगञ्जमा हैजा सङ्क्रमितको सङ्ख्या १ सय १५ पुग्यो

काठमाण्डाै – पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा हैजा सङ्क्रमितको सङ्ख्या १ सय १५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साले आज बिहान ११ बजे सार्वजनिक गरेको विवरण अनुसार १ सय १५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।

हिजो बेलुका ६ बजेपछि थप १ जनामा हैजा पुष्टि भएको हो । वीरगञ्जमा गएको शुक्रवारयता झाडापखालाको उपचारका लागि ४ सय ९३ जना बिरामी अस्पताल भर्ना भएकामा उनीहरूमध्ये १ सय १५ जनामा हैजा देखिएको हो ।

सङ्क्रमितमध्ये ३९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । ७६ जनाको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । हैजा सङ्क्रमितसहित झाडापखालाका २ सय ६६ जना उपचाररत रहेका जिल्ला स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ ।

सम्बन्धित् समाचार