रुसले युक्रेनमाथि अहिलेसम्मकै दोस्रो ठूलो हवाई आक्रमण गरेको छ, जसमा २१ जनाको मृत्यु भएको छ ।
यो आक्रमण बिहीबार राति राजधानी किभमा भएको हो । यस आक्रमणमा युरोपियन युनियन (ईयू) र बेलायती काउन्सिलका भवनहरूमा समेत क्षति पुगेको छ ।
किभ शहरको सैन्य प्रशासन प्रमुख तिमुर ट्काचेनका अनुसार मृतकमध्ये २, १४ र १७ वर्षका बालबालिकाहरू पनि छन् ।
रूसले एकै रातमा युक्रेनमाथि ६२९ हवाई हमला हतियारहरू प्रहार गरेको युक्रेनको हवाई सेनाले जनाएको छ, जसमा ५९८ ड्रोन र ३१ मिसाइल समावेश थिए ।
हवाई सेनाका सञ्चार प्रमुख युरी इह्नातले सीएनएनसँग भने, ‘यो हमलालाई युक्रेनमाथि अहिलेसम्म गरिएका सबैभन्दा ठूला संयुक्त आक्रमणहरूमध्ये एक मान्न सकिन्छ ।’
सैन्य-उद्योग प्रतिष्ठानहरू र युक्रेनका सैन्य एयर बेसहरूमाथि उच्चप्रविधियुक्त हतियार प्रयोग गरेर आक्रमण गरिएको रूसको रक्षा मन्त्रालयले जनाएको छ । रुसले यो अभियान अझै जारी रहने बताएको छ ।








