भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापान पुगेका छन् । अमेरिकासँग सम्बन्ध बिग्रिएपछि अन्य मुलुकहरूसँग सम्बन्धन विस्तारमा लागेका मोदी आज जापान पुगेका हुन् ।
मोदी जापान पुगेको जानकारी दिँदै एक्समा लेखेका छन्, ‘टोकियोमा अवतरण भयो । भारत र जापानले आफ्नो विकासात्मक सहकार्यलाई सशक्त बनाउँदै लगेका बेला, यो भ्रमणका क्रममा प्रधानमन्त्री इसिबा र अन्यसँग संवाद गर्न पाउने आशा लिएको छु, जसले हालका साझेदारीहरूलाई अझ सुदृढ बनाउने र सहकार्यका नयाँ सम्भावनाहरूको खोजी गर्ने अवसर प्रदान गर्नेछ ।’
मोदी सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुनुअघि जापान गएका हुन् । उनी जापानबाट चीन जानेछन् । भारतीय सञ्चारमाध्यमका अनुसार मोदि चीन पुगे पनि जापानविरुद्ध चीनको ८०औँ विजयोत्सव समारोह (सैन्य परेड)मा सहभागी हुने छैनन् ।








