गृहपृष्ठ Featured ‘मिस नेपाल २०२५’ उपाधि लुना लुइँटेलले जितिन्

‘मिस नेपाल २०२५’ उपाधि लुना लुइँटेलले जितिन्

काठमाडौँ । 

२६ वर्षीया लुना लुइँटेल मिस नेपाल २०२५ घोषित भएकी छन् । आयोजक संस्था द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा २५ प्रतियोगीलाई पछाडि पार्दै लुनाले मिस नेपाल वर्ल्डको ताज पहिरेकी हुन् ।

‘मिस नेपाल वर्ल्ड २०२४’ आश्मा कुमारी केसीले लुनालाई मिस नेपाल वर्ल्ड २०२५ को ताज पहिर्‍याइ दिइन् । स्कूभा डाइबरसमेत रहेकी लुना १७ वर्षको उमेरमै अस्ट्रेलिया गएकी थिइन् । उनले त्यहाँ नर्सिङ अध्ययन गरिन् । ‘युनिभर्सिटी अफ सिड्नी’बाट पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययनरत लुना यसअघि सन् २०१५ मा मिस टिनको पहिलो उपविजेता बनेकी थिइन् । लुना ‘लर्न अर्न एण्ड रिटर्न’ अर्थात् ‘सिक, कमाई र फिर्ता गर’ भन्ने अवधारणामा विश्वास गर्छिन् ।

प्रतियोगितामा दीपशिखा नेपाल, ‘मिस नेपाल कस्मो’को ताजसहित पहिलो उपविजेता बनिन् । शनिबार गोदावरी सनराइज कन्भेनसन सेन्टरमा आयोजित मिस नेपालको ग्रान्ड फिनालेमा उरुषा भण्डारी उपविजेता बन्दै ‘मिस नेपाल इन्टरनेसनल’को ताज जितिन् । जापानमा हुने मिस इन्टरनेसनलमा उनले नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । त्यस्तै, सोनी घले प्रतियोगितामा ‘मिस नेपाल अर्थ २०२५’ घोषित भइन् ।

सम्बन्धित् समाचार