अशोक पौडेल, बुद्धभुमी ।
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाले नगर भित्र रहेका सामुदायिक र संस्थागत बिद्यालयसग कार्य सम्पादन सम्झौता गरेको छ ।
नगरपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा नगर भित्रका ७५ वटा सामुदायिक र संस्थागत बिद्यालयसग नगरपालिकाले बिद्यालयका प्रध्यानाध्यापकसगं कार्य सम्पादन सम्झौता गरेको हो ।
सो अवसरमा बोल्दै नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले नगर भित्रका बिद्यालयको शैक्षिक गुणस्तर उकास्न बिद्यालयसगं कार्य सम्पादन गरिएको बताए । बिद्यार्थी र अभिभावकप्रति जवाफदेही हुन आवश्यक रहेको जिकिर गर्दै नगर प्रमुख श्रेष्ठले परिणाममुखी काम गर्न निर्देशन दिए ।

त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराईले शैक्षिक गुणस्तर बृद्धि गर्न बिद्यालयनै नेतृत्वदायी भुमिका खेल्न आवश्यक रहेको बताए ।
बिद्यालयको चौतर्फी बिकासलाई हेरेर कार्य सम्पादन गरिएको बताउदै उनले यसको मुल्याकंन समेत गरिने जिकिर गरेका थिए । बिद्यालयमा शिक्षकको हाजिरी, अध्ययन अध्यापन, सरसफाई, भौतिक बिकास, अतिरिक्त क्रियाकलाप जस्ता बिषयलाई कार्य सम्पादनमा राखीएको छ ।

नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद भट्टराई र बिद्यालयका प्रध्यानाध्यापकबिच कार्य सम्पादन सम्झौता भएको हो ।







