गृहपृष्ठ Featured ललितपुर प्रशासनले जारी गर्‍यो कर्फ्यु आदेश

ललितपुर प्रशासनले जारी गर्‍यो कर्फ्यु आदेश

ललितपुर — जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मंगलबार बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म कर्फ्यु लागू हुने गरी आदेश जारी गरेका हुन् ।

 

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम ललितपुर महानगरपालिका–२, ४, ९, १८ र २५ का विभिन्न क्षेत्रमा कर्फ्यु लागू हुने जनाइएको छ । आदेशअनुसार तोकिएको क्षेत्रमा कुनै पनि किसिमका सभा, जुलुस, प्रदर्शन, भेला, बैठक वा घेराउ गर्न पाइनेछैन ।

कर्फ्यु लाग्ने क्षेत्र

  • वडा नं. ४, १८ र २५ को भैंसेपाटी क्षेत्र

– पूर्वमा भैंसेबाट बुंगमती जाने सडक

– पश्चिममा सिजी हाउजिङ तथा चोभार–गल्छी सडक

– उत्तरमा एकान्तकुनाको गायत्री पेट्रोल पम्पभन्दा तलको विष्णुदेवी मन्दिर,

-दक्षिणमा इटनी जाने ओरालो क्षेत्र

  • वडा नं २ सानेपास्थित इन्द्रायणी मार्ग आसपास क्षेत्र

– पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिर पक्की सडक

– पश्चिमतर्फ बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक

– उत्तरतर्फ चक्रपथ सडककको सर्भिस लेन (बल्खु पुलदेखि सानेपा चोकसम्म) भित्र

– दक्षिणतर्फ इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडक क्षेत्र

  • वडा नं. ९ को च्यासल क्षेत्र

– पूर्वमा मनोहरा खोलाको करिडोरको झोलुङ्गे पुल

– पश्चिममा च्यासल खेलमैदान

– उत्तरमा मनोहरा खोला

– दक्षिणमा मल पोखरी जाने बाटो

सम्बन्धित् समाचार