जेनजीको आन्दोलनमा १९ जनाको दुःखद निधन भएपछि पश्चिम् नवलपरासीका ५ वटा स्थानीय तहले आज शोक बिदा दिएका छन् । जिल्लाको राग्राम नगरपालिका, बर्दघाट नगरपालिका, पाल्हीनन्दन, सरावल र प्रतापपुर गाउँपालिकाले आज शोक बिदा दिएका हुन ।
विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न स्थानीय तहहरूले आग्रह गरेका छन् ।
नगरपालिका मातहतका सबै कार्यालयहरू बन्द रहने शोक विज्ञप्तिमा उल्लेख गरिएको छ । पश्चिम् नवलपरासीको सदरमुकाम परासी र बर्दघाटमा समेत जेनजी समूहले आन्दोलन गरेका थिए ।








