गृहपृष्ठ Featured दाङको तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दी पक्राउ

दाङको तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दी पक्राउ

दाङ । यहाँको तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दीलाई पक्राउ गरिएको छ । सेनाको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको कारागार कार्यालय तुलसीपुरका प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिए ।

आज र हिजो कारागारबाट कैदीबन्दी भागेका थिए । आज बिहान मात्रै २५३ कैदीबन्दी भागेका थिए । तीमध्ये ४० जनालाई पक्राउ गरिएको हो ।

आज भागेका मध्ये २१३ र हिजो भागेका १२४ गरी ३३७ जना अझै फरार रहेको उहाँले बताउनुभयो ।  भाग्नेहरू सबै पुरुष कैदी हुन् ।

कारागारमा जम्मा ४६९ कैदीबन्दी थिए । तीमध्ये महिला कैदीहरू भने भागेका छैनन् ।  कैदीहरूले कारागार तोडफोड गरी भागेका थिए । सेनाले  हवाई फायर गर्दागर्दै पनि उनीहरू भाग्न सफल भएका थिए ।

सम्बन्धित् समाचार