गृहपृष्ठ Featured आन्दोलनमा लुटिएका सामान घर-घरमा पुगेर संकलन गर्दै ‘पारुल’

आन्दोलनमा लुटिएका सामान घर-घरमा पुगेर संकलन गर्दै ‘पारुल’

विराटनगर ।

विराटनगरमा विभिन्न सामाजिक अभियान चलाइरहेका पारुल क्षेत्रीले केही दिन अघि भएको आन्दोलनका क्रममा लुटपाट र चोरी गरी लगिएका सामान घर घरमा पुगेका सङ्कलन गर्न थालेका छन् । उनले विराटनगरका विभिन्न टोल टोलमा पुगेर भिडियो लाइभ गर्दै चोरेर लगेका सामान फिर्ता गराउन थालेका हुन् ।

उनले पोस्ट गरेको भिडियोमा लुटपाट गरेर लगेको सामान फिर्ता गरेको देखिन्छ । विराटनगरको सरौचिया, जतुवा, त्रिमूर्ति चोकका टोल टोलमा पुग्दै व्यक्तिको घर र कोठा भित्र पस्दै समान सङ्कलन गरेको भिडियामा देखिन्छ । भिडियोमा उनी भन्छन्, म पारुल क्षेत्री हो । म सब तिर भिडियो हालिरहेको छु । लुटपाट र चोरी गरेको सामान फिर्ता गर्नुस् ।

उनी सुरुमा सम्झाउँछन् , ‘पढेलेखेको मान्छे भएर यस्तो गर्छन् ? उनी भिडियोमा प्रश्न गर्छन्, भाइ यस्तो काम गरेर पुग्छ ? जीवन ठुलो छ नि बाबु । यसरी खान पुग्छ । ’ उनले सम्झाउँदा पनि चोरेको छैन भन्नेहरू उनले पुलिस बोलाउने भनेपछि झोलाबाट सामान निकाल्दै फिर्ता गरेको भिडियोमा देखिन्छ ।

सम्बन्धित् समाचार