दाङ।
दाङमा विभिन्न प्रकारका खाद्यान्न तथा तरकारी बालीको बीउ उत्पादन हुँदै आएको छ । जसले गर्दा किसानलाई उन्नत जातको धान, गहुँलगायत तरकारी बालीको बीउ प्राप्त गर्न सहज भएको छ ।
जिल्लामा उत्पादन भएको बीउ देशका विभिन्न स्थानमासमेत पुग्ने गरेको छ । लमही नगरपालिका- २ मा रहेको हरितक्रान्ती कृषि सहकारी संस्थाले विगत १५ वर्षदेखि बीउ उत्पादन गर्दै आएको छ ।








