नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई चीनले बधाई दिएको छ ।
चीनको विदेश मन्त्रालयले प्रधानमन्त्री कार्कीलाई बधाई दिएको सन्देश आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ ।
चीनले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन चीन तत्पर रहेको बताएको छ । ‘चीन र नेपालबीच दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । चीनले सधैं नेपाली जनताले स्वेच्छाले रोजेको विकास मार्गको सम्मान गर्दछ’, बधाई सन्देशमा उल्लेख छ








