पोखरा ।
जेन–जी प्रदर्शनकारीलाई उक्साउने गरी स्टाटस लेख्ने पर्वत फलेबास नगरपालिका-४ का वडाध्यक्ष अच्युत तिवारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले उनलाई आइतबार वडा कार्यालयबाटै पक्राउ गरेको हो ।
वडाध्यक्ष तिवारीले स्टाटसमा डिएसपीको नामै तोकेर जेनजीले कारबाही गर्नुपर्ने उल्लेख गरेका थिए ।
‘फलेवासका बालुवा तस्करहरू, तस्करका संरक्षकहरु र कारबाही गरी पाउँ भनि पत्र बुझाउन जाँदा पत्र नबुज्ने डिएसपी रविन बिष्ट लगायत केही भ्रष्ट नेता तथा केही भ्रष्ट कर्मचारी यी भ्रष्टलाई समेत जेनजीले कारबाही गरिदिन्छ कि भन्ने आशा गरेको छु। प्रहरीले कारबाही नगर्ने भएपछि ?’, उनले लेखेका छन् ।
उनी फलेबास नगरपालिकाका र नेपाली कांग्रेस पर्वतका प्रवक्तासमेत हुन् ।








