काठमाडौँ ।
धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लुकेर गेम खेलिरहेको आरोप लगाएका छन्।
उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’लुकेर गेम खेल्दै स्टाटस लेख्न सजिलो छ। देशले के गुमायो त्यो थाहा छ??? देश रोएको बेला ऊ हाँस्दै बसेको छ।’








