गृहपृष्ठ Featured भाटभटेनीमा कसैको जागिर नगुम्ने : दसैँ भत्ता समेत दिने घोषणा

भाटभटेनीमा कसैको जागिर नगुम्ने : दसैँ भत्ता समेत दिने घोषणा

काठमाडौँ ।

गत भदौ २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट ठुलो क्षति बेहोरेको भाटभटेनी सुपरस्टोरले आफ्ना कर्मचारीहरूको जागिर नगुम्ने र उनीहरूलाई दसैँ भत्ता समेत दिने घोषणा गरेको छ।

देशभरका २८ मध्ये २२ वटा शाखामा भएको आक्रमणबाट १२ वटा शाखा तत्काल सञ्चालन गर्न नसकिने अवस्थामा छन्। यीमध्ये उपत्यकाका नक्साल, महाराजगञ्ज, बौद्ध-चुच्चेपाटी, कोटेश्वर र बालुवाटारका पाँच शाखा तथा उपत्यका बाहिरका पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरानका सात शाखा पुनर्निर्माणपछि मात्र खुल्नेछन्।

सबै स्टोर पुनः सञ्चालन गर्ने प्रतिबद्धता

आन्दोलनबाट निजी क्षेत्रको मनोबल खस्किएको अवस्थामा पनि भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले सबै स्टोरहरू पुनः सञ्चालनमा ल्याउने दृढता व्यक्त गरेका छन्। उनले उपत्यकाभित्रका स्टोरहरू चार महिनाभित्र र उपत्यका बाहिरका स्टोरहरू १० महिनाभित्र सञ्चालनमा ल्याइसक्ने बताए।

सम्बन्धित् समाचार