गृहपृष्ठ Featured लागु औषधसहित कपिलवस्तुमा २ जना पक्राउ

लागु औषधसहित कपिलवस्तुमा २ जना पक्राउ

वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु नगरपालिका–११ अरौराकोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–११ अदौरा बस्ने २३ वर्षीय प्रभाकर धोबी र बाणगंगा नगरपालिका–११ बरहवा बस्ने १९ वर्षीय सागर पासी रहेका छन् ।

इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले प्रभाकरलाई ५ सय ३० मिलिग्राम र सागरलाई १ ग्राम ५ सय ७० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो प्रहरी जानकारी दिएको छ ।

सम्बन्धित् समाचार