गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : निरन्तर आगलागी गरिएका कार्यालयको निरीक्षण गर्दै मुख्यमन्त्री

लुम्बिनी प्रदेश : निरन्तर आगलागी गरिएका कार्यालयको निरीक्षण गर्दै मुख्यमन्त्री

नेपालगन्ज ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन-जी आन्दाेलनका क्रममा ताेडफाेड, आगजनी र लुटपाट गरिएका कार्यालयकाे निरीक्षण गरेका छन् ।

भदाै २४ गते बाँकेका दुई दर्जन कार्यालयमा ताेडफाेड, आगजनी र लुटपाट भएका थिए । ती कार्यालयकाे निरीक्षण गर्न मुख्यमन्त्री आचार्य बिहान बाँके आएका हुन् । उनले काेहलपुर नगरपालिकाकाे भवन निरीक्षणपछि सञ्चारकर्मीसँग बाेल्दै जनताकाे सेवा गर्ने कार्यालय ताेडफाेड गर्नु, जलाउने र लुटपाट गर्नु निन्दनीय कार्य भएकाे बताए ।

सम्बन्धित् समाचार