गृहपृष्ठ Featured शाहरुख खानले पाए सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार

शाहरुख खानले पाए सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार

अभिनेता शाहरुख खानले फिल्म ‘जवान’ का लागि सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका छन्। राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई यो पुरस्कार प्रदान गरेकी हुन्।

विक्रान्त मेस्सीले पनि शाहरुख खानसँगै सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरे।

७१औँ राष्ट्रिय चलचित्र पुरस्कारका विजेताहरूको घोषणा गत महिना अगस्टमै गरिएको थियो।

सोअनुरूप मंगलबार नयाँ दिल्लीको विज्ञान भवनमा समारोह आयोजना गरी पुरस्कार प्रदान गरिएको हो।

यी पुरस्कार २०२३ मा रिलिज भएका चलचित्रहरूका आधारमा प्रदान गरिएको हो।

 

सम्बन्धित् समाचार