गृहपृष्ठ Featured लुम्बिनी प्रदेश सरकारले एक वर्षअघि नै खारेज गरेकाे थियाे पूर्वविशिष्ट पदाधिकारीको सेवा-सुविधा

लुम्बिनी प्रदेश सरकारले एक वर्षअघि नै खारेज गरेकाे थियाे पूर्वविशिष्ट पदाधिकारीको सेवा-सुविधा

दाङ ।

लुम्बिनी प्रदेश सरकारले एक वर्षअघि नै पूर्वविशिष्ट पदाधिकारीलाई दिँदै आएको सेवा-सुविधा खारेज गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले जिम्मेवारी सम्हालेको केही समयपछि बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै पूर्वविशिष्ट पदाधिकारीले पाउँदै आएको सेवा-सुविधा खारेज गर्ने निर्णय गरेको हाे।

सोही निर्णयका आधारमा पूर्वसभामुख पूर्णबहादुर घर्ति र पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले सेवा-सुविधाअन्तर्गत प्रयोग गर्दै आएको सवारीसाधन फिर्ता गरेका थिए। २०७९ साल भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वविशिष्ट पदाधिकारीका लागि सेवा–सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो।

सम्बन्धित् समाचार