स्पेनी क्लब बार्सिलोनाले रियल ओभिडोविरुद्ध पुनरागमन जित हात पारेको छ। पहिलो हाफमा १–० ले पछि परेको अवस्थामा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै ३–१ को जित निकाल्यो।
यो जितसँगै बार्सिलोना तालिकाको दोस्रो स्थानमा कायम छ। उसले ६ खेलमा ५ जित र १ बराबरी गर्दै १६ अंक जोडेको छ। शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले भने सबै ६ खेल जितेर १८ अंकसहित अग्रता लिएको छ।








