गृहपृष्ठ Featured वेस्टइन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

वेस्टइन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

वेस्टइन्डिज विरुद्धको बहुप्रतिक्षित टी–२० सिरिजको पहिलो खेलमा नेपालले टस हारेको छ। वेस्टइन्डिजका कप्तान अकिल हुसेनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले ब्याटिङ गर्दै वेस्टइन्डिजलाई लक्ष्य प्रस्तुत गर्ने भएको हो।

कुनैपनि टेस्ट टोली विरुद्ध पहिलो पटक तीन खेलको टी–२० सिरिज खेल्न लागेको नेपाल एतिहासिक प्रदर्शन गर्दै सिरिजलाई एतिहासिक बनाउने तयारी भयो। युएईको शारजाहमा केही समय पछि सुरु हुने खेलमा सयौं नेपाली समर्थक मैदान पुगेका छन्।

यस्तो छ नेपालको प्लेइङ ११

आसिफ शेख, कुशल भुर्तेल, रोहित कुमार पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित नारायण राजवंशी

वेस्टइन्डिज प्लेइङ ११
अकिल हुसेन (कप्तान), कायल मेयर्स, अमिर जांगो, एकिम अगष्ट, जवेल एन्ड्रयु,करिमा गोर, जेसन होल्डर, फबिएन एलेन, नविन बिडाइसे, रामोन सिमन्ड्स, ओबेद म्याककोय

सम्बन्धित् समाचार